दफा २
नियम बनाउने नेपाल सरकारको अधिकार :
(१) अर्थ, एकाउण्ट र अडिट सम्बन्धी समेत नेपाल सरकारको सबै काम सुचारु रुपले सम्पादन गर्न र विभिन्न अड्डाखानाहरुले अपनाएको सबै प्रशासकीय विषयका कार्यविधि नियमित गर्नको निमित्त नेपाल सरकार ले नियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) अन्तर्गत बनाइएका नियमहरुले प्रशासकीय कार्यविधि सम्बन्धी प्रचलित नेपाल कानून खारेज गर्न अथवा संशोधन गर्न सक्नेछन्।